ललितपुर । पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनर्निर्माणमा प्राइम बैंकले सहयोग गरेको छ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले  रु. १० लाख हस्तान्तरण गरेका हुन्। भारत सरकाले पुनर्निर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि “ललितपुरको इतिहासमा दानदातव्य” भन्ने नारालाई पाटनवासीले अघि बढाई गतवर्षको असार १२ गते गाईको पुच्छरमा डोरी बाँधेर मन्दिरको गजुर निकाली भत्काउने काम शुरुआत गरेका थिए। 

मन्दिर पुनर्निर्माणमा स्थानीयवासी आफैं जुटेपछि हिजो आइतबार बैंकका अध्यक्ष श्रेष्ठले रु. १० लाख सहयोग गर्नुभएको महर्जनले जानकारी गराए। 

यसअघि वाणिज्य बैंकले रु. पाँच लाख, एभरेष्ट बैंकले रु. करोड सहयोग गरेको थियो। मन्दिर पुनर्निर्माणमा तदर्थ समितिका सदस्यहरुले रु. ९० हजार र ललितपुर महानगरपालिकाले रु.  करोड सहयोग गरेको महर्जनले बताए। 

‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनर्निर्माणमा सुन लेपन खर्चबाहेक रु. चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको संघका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले  जानकारी गराए। 

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटकका पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने, थाम, दलिन र बिम भाँच्चिएर भित्ता चिराचिरा भएका थिए। मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौँ स्वेदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण पाटनका जनता मन्दिर पुनर्निर्माणमा अग्रसर भएर हाल धमाधम काम भइरहेको श्रेष्ठको भनाइ छ।