काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
बैंकले ‘८.७५% प्राइम डिबेन्चर–२०८५’ नामक धितोपत्र निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा गत कात्तिक १४ गते आवेदन दिएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका ३५ लाख इकाइबराबरको ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ।
कुल इकाइमध्ये बैंकले १४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी २१ लाख इकाइ प्राइभेट प्लेसमेन्टअन्तर्गत बिक्री गर्नेछ।
आठ वर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जसअनुसार बैंकले इकाइधनीहरुलाई अर्धवार्षिक रुपमा यो ऋणपत्रको ब्याज भुक्तानी गर्नेछ।
यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago