काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दति खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दति खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दति खाता सञ्चालनमा ल्याएको छ।  

प्राइम धनवृद्धि मुद्दति खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दति खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दति खाता संस्थागत लगानीकर्ताका लागि लक्षित गरी सञ्चालनमा ल्याएको हो। 

बैंकका अनुसार ग्राहकले यी मुद्दति खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दति खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दति खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दति खाता) सम्ममा १० गुणा बढी पाइनेछ। 

प्राइम धनवृद्धि मुद्दति खाता (व्यक्तिगत) र प्राइम धनवृद्धि रेमिट मुद्दति खाता (व्यक्तिगत)का निक्षेपकर्ताले १८ घातक रोगका विरुद्ध बीमा (१० लाख), दुर्घटना बीमा (१० लाख) तथा स्वास्थ्य बीमा (१ लाख सम्म) प्राप्त गर्न सक्नेछन् भने आवश्यकताअनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन्।