काठमाण्डौ । प्राइम कमर्सियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनले स्वास्थ्य परीक्षणका लागि आवश्यक यन्त्र उपकरणजडित मोबाइल भ्यान हस्तान्तरण गरेको छ। 

गाउँ तथा सहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल–टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षणमा ठोस योगदान पुर्याइरहेको परिप्रेक्षमा फाउन्डेसनको कार्यलाई सहजीकरण गर्न र परीक्षणको दायरा बढाउन परीक्षणका लागि आवश्यक यन्त्र उपकरणजडित मोबाइल भ्यान आज एक समारोहबीच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन्। 

यो सानो सहयोगले महिलालाई हुन सक्ने क्यान्सर रोगको समयमै निदान गर्ने र समयमै उपचार गर्न सहयोग गर्दा जनधनको क्षतिमा न्यूनीकरण गर्नसम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्नेछ भन्ने विश्वास बैंकले लिएको छ।