प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनामा परिसंघ र समुन्नतिबीच सहकार्य
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र समुन्नति अर्थात इकोनोमिक पोलिसी इन्क्यूबेटर (इपीआई) ले निजी क्षेत्रका अन्य प्रतिनिधि संस्थाहरु समेतको समन्वयमा प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनामा सहकार्य गर्ने भएका छन् ।
परिसंघमा आज बिहीबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोर र समुन्नति अर्थात इपीआईका प्रमुख डा. शंकर शर्माले समझदारी पत्रमा हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रदेशहरुले अघि सारेका अवसर र सम्भावनाहरुलाई पहिल्याउँदै समग्र लगानीको वातावरण बनाउन यो सहकार्य महत्वपूर्ण रहने जिकिर गरे ।
परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले परिसंघले आयोजना गरेको तेस्रो पूर्वाधार सम्मेलनमा प्रदेश सरकारहरुले देखाएको उत्साहपूर्ण सहभागिता र प्रतिवद्धतालाई महत्व दिँदै त्यसलाई अघि बढाउने क्रममा परिसंघले समुन्नतिसँग संस्थागत सहकार्य अघि बढाएको उल्लेख गरे । समुन्नतिका प्रमुख डा. शंकर शर्माले प्रदेश तहमा लगानी विस्तार गर्न सार्वजनिक निजी संवादलाई सघन बनाउन यो समझदारीले योगदान दिने बताए ।
समझादारी अनुसार, लगानी प्रर्वद्धनमा प्रदेश सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य गर्न समन्वय गर्ने छन् । यसै समझदारी अनुसार, प्रादेशिक लगानी प्रवद्र्धनका लागि विविध कार्यहरुमा सहकार्य गर्ने छन् ।
यसअघि नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले २०७६ साल भाद्र २५ र २६ गते आयोजना गरेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ मा पूर्वाधारको आवश्यकता तथा विकासमा प्रदेशहरुले देखाएको अग्रसरता तथा अवसरहरुका बारेमा प्रदेशका मुख्यमन्त्रीहरुले गहन छलफल गरेका थिए । सो छलफलको निष्कर्ष स्वरुप प्रदेशस्तरमा लगानी बढाउन प्रादेशिक लगानी साझेदारी मञ्च निर्माणको प्रतिवद्धता व्यक्त भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago