– अर्जुन तिमिल्सिना
काठमाण्डौ । हाल नेपालमा ४३ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन्। तीमध्ये ४ वट थोक कर्जा प्रवाह गर्ने लघुवित्त छन्। तिनै थोक कर्जा प्रवाह गर्ने लघुवित्तमध्ये एउटा हो, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (एसकेबीबीएल)।
यो लघुवित्तको देशभर ११ वटा शाखा छन्। संस्थाले थोक कर्जा प्रवाह, पशुपालन कर्जा, क्षमता विकास कार्यक्रमलगायत रेमिट्यान्स सेवा पनि दिन्छ। संस्थाले २०.३१ अर्ब रुपैयाँ कर्जा सापटी लिएर निक्षेपसहित २४.१४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
आधारभूत पक्ष
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड रुपैयाँ चुक्तापुँजी रहेको यो संस्थाको हालको प्रतिसेयर आम्दानी ४९.१४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.३७ गुणा, प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१४० रुपैयाँ रहेको छ। जगेडा कोषमा २ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। खराब कर्जा ०.६९ प्रतिशत रहेको छ।
संस्थाको खुद आम्दानी ६१ करोड ४९ लाख रुपैयाँ र रिर्टन अन इक्विटी १९ प्रतिशत रहेको छ भने प्राइस टु बुक भ्यालु ५.९७ प्रतिशत रहेको छ।
यो लघुवित्तको विगत ८ वर्षको औसत लाभांशदर २५.२४ प्रतिशत रहेको छ।
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।
यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ।
यो लघुवित्तले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल माइनर डिग्रीको वेभ ए, बी र सी लगभग १ हजार ५९८ रुपैयाँमा समाप्त भएर अब नयाँ डिग्रीको वेभ १ मा लगभग १ हजार ८५५ रुपैयाँसम्म, वेभ २ मा केही करेक्सन भएर १ हजार ७२१ रुपैयाँसम्म, वेभ ३ मा केही एक्सटेन्सनसहित २ हजार ८१ रुपैयाँसम्म, वेभ ४ मा पुनः करेक्सन भएर १ हजार ८७७ रुपैयाँसम्म र वेभ ५ मा फिवोको २.६१ प्रतिशतको वृद्धिले यो संस्थाको सेयरमूल्य लगभग २ हजार ४०० रुपैयाँभन्दा माथि नै हुने देखिन्छ। सामान्यतया माइनर डिग्रीको समय अवधि १ वर्षदेखि २वर्षसम्मको हुने भएकोले अबको २४ महिनाभित्रमा २ हजार ४०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ।(माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो लघुवित्तको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा २ हजार ३७ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा १ हजार ९४३ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा १ हजार ८७४ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवा १ हजार ८०० रुपैयाँसम्म र ०.७८ प्रतिशतको टेवा १ हजार ६९८ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।
एमएसीडी लाइनका आधारमा
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत २६ अगस्टमा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले हिस्टोग्राम नेगेटिभ नै भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय यो लघुवित्तको सेयरमूल्य साइडवेजमा जान सक्ने बुझिन्छ। सामान्यतया एमएसीडीले अल्पकालीन समयमा सेयरमूल्यमा हुने उत्तारचढावलाई हेर्ने गरिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
यो औजारअन्तर्गत यो लघुवित्तको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ र ब्रेकआउट पनि भएकोले मूल्यमा बढोत्तरीको सम्भावना देखिन्छ। माथिल्लो ब्यान्ड र तल्लो ब्यान्डको दूरी बढेकोले उच्च भोलाटाइल भएको बुझिन्छ। यदि भविष्यमा दुई ब्यान्डको दूरी कम हुन्छ भने ब्यान्ड साँघुरिँदै जाने र मूल्य माथि जान सक्ने अनुमान लगाउन सकिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो बैंकको हालको आरएसआई ४० रहेको छ। यो भनेको न्युट्रल जोनको नजिक रहेको भन्ने हो। अघिल्लोपटक यो न्यून विन्दु ३५ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्च विन्दु ७९.४९ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्य बुलिस सिग्नल देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाब निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : १९५२
घटेमा सर्पोट
निष्कर्ष
यो लघुवित्तको आधारभूत तथा प्राविधिक पक्षलाई केलाउँदा अल्पकालीन तथा दीर्घकालीन सबैखाले लगानीकर्ताका लागि उत्तम देखिन्छ। हामीले इलिअट वेभअन्तर्गत लामो समयका लागि र अन्य औजारमार्फत अल्पकालका लागि सेयरमूल्यमा के–कस्तो उतारचढाव होला भन्ने अनुमान गरेका छौँ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19