काठमाण्डौ । साताको चौथो कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य करेक्सन आएको छ। बजार लामो समयपछि बुधबार ६० अंकले बढेको थियो। तर, बजार बिहीबार फेरि १७.६४ अंकले घटेको छ। 

करिब २०१५ को आसपासबाट फर्केको बजार बिहीबार २०६२ मा बन्द भएको छ। पछिल्लोपटकको न्यूनतम विन्दुबाट बजारलाई हेर्दा यदि आगामी कारोबारमा बिहीबारको करेक्सन फिवोनासीको ०.६१ प्रतिशत अर्थात २०५६ लाई पहिलो सपोर्ट बनाउन सक्छ। 

बोलिंगर ब्यान्डअन्तगर्त आवरली चार्टमा आज बजारले करेक्सनहुँदै मध्य ब्यान्डभन्दा माथि नै सपोर्ट लिएको छ। यदि आगामी कारोबारमा मध्य ब्यान्डमा सपोर्ट लिएर बजार माथि जान्छ भने माथिल्लो ब्यान्डतर्फ जान थालेको बुझिन्छ। 

आवरली चार्टमा म्याक्डीमा हिस्टोग्राम सकारात्मक भए पनि फिक्का भएका छन्। आवरली चार्टमै आरएआई आज ५२ को न्युट्रल जोनमा केही प्रतिरोध सामना गरेको देखिन्छ। 

आगामी कारोबारम यदि बजार बढेर २१०० भन्दा माथि गएमा हायर हाई बनाउँदै अप ट्रेन्डमा र २०५० बाट तल झरेमा पुनः लोअर लो बनाउन डाउन्ड ट्रेन्डको यात्रा तय गरेको बुझिनेछ। 

भोलुमका आधारमा भने आज बजार सामान्य नै रहेको देखिन्छ। घट्दो बजारमा कारोबार र भोलुम पनि घटेकोले आगामी दिनमा बजारले पुनः माथिको यात्रा तय गर्न सक्ने सम्भावना पनि हुन्छ। अघिल्लो दिनको तुलनामा आज सेयर कारोबारमा करिब ९ करोड रुपैयाँले कमी आएको छ।