काठमाण्डौ । कोरोना र निषेधाज्ञाले अर्थतन्त्र चलायमान नभए पनि सेयर बजारमा भने उमंग र उत्साह छाएको छ ।

पछिल्ला दिनहरुमा नेप्से परिसूचकको उकालो यात्रामा दैनिक औसत कारोबार रकमसमेत बढ्दै गइरहेको देखिन्छ ।

आधारभूत विश्लेषणमा अहिले सेयर बजारमैत्री वातावरण रहेको बताइए पनि अब आगामी दिनमा प्राविधिक विश्लेषणमा बजारको अवस्था कस्तो रहला भनेर केही प्राविधिक जानकारहरुको धारणा बुझ्ने कोशिश गरिएको छ । 
 
बिष्णु बस्याल
हिजोआज समग्रमा बजार बुलिस ट्रेण्डमा नै गइरहेको छ । अब माइक्रोफाइनान्स, इन्स्योरेन्स र उत्पादनशील समूहले लिड गर्नेछ भने बैकिङमा चाहिँ केही ल्यागिङ गरेको देखिन्छ । सर्टटममा नै बजारले अबको दिशा १५१० देखि १५४० को विन्दू प्रक्षेपण गर्न सकिन्छ । त्यसपछि तल रिट्रेसमेन्ट भई १४५० ६० को विन्दूसम्म झर्ला । नेप्से परिसूचक १४५० को विन्दू झरेपछि भने अर्को नयाँ बुलिस यात्रा तय गर्दै यही आर्थिक वर्षको अन्तभित्र नेप्सेले २१ सय विन्दू चुम्छ ।

सूकराम पाण्डे
बियरिस ट्रेण्ड स्पष्ट रुपमा अन्त भइसकेको र अब बजारले लय समातेको देखिन्छ । अब बजारले चाँडै १५५० को विन्दू ब्रेक गर्दै अलटाइम हाईको रेकर्डलाई तोड्ने देखिन्छ । आक्रामक खरिद पोजिसन र बलियो खरिद चाप बजारमा देखिएको र आरएसआई ६० भन्दा माथि भएकाले पनि  बजार व्यापक रुपमा बढ्ने संकेत गर्दछ ।

टंकराम गौतम
बजारले बलियो आधार तय गरेको देखिन्छ । असोजसम्म त बजार घट्ने छाँटकाँट नै देखिन्न । बजार उभो लाग्ने तर असोजको पहिलो साता भने मार्केटले करेक्सन मोड लिने संकेत गरेको छ ।