काठमाण्डौ । प्रतिनिधिसभामा प्रि–बजेटमाथि छलफल चलिरहेको छ।

आज प्रि–बजेट छलफलको अन्तिम दिन हो। गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिँदैछ। आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको जबाफ दिनेछन्। 

अर्थमन्त्रीले जबाफ दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ। संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिनअगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ। त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ।