काठमाण्डौ । हाल ३ वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओे बिक्री खुला गरिरहेका छन्। रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुका लागि आईपीओे निष्कासन गरेका हुन्।
सीडीएससीका अनुसार तीन कम्पनीकै आईपीओेमा मागभन्दा बढी आवेदन परिसकेको छ। आइतबार साँझ ५ बजेसम्म रिलायबल नेपाल लाइफको आईपीओेमा १.३६ गुणा, सिटिजन लाइफको आईपीओेमा १.१८ गुणा र सन नेपाल लाइफको आईपीओेमा १.१५ गुणा बढी आवेदन परिसकेको छ।
रिलायबल नेपाल लाइफले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल १२ लाख कित्ता आईपीओे निष्कासन गरेकोमा हालसम्म २२ हजार ६५३ जना आवेदकले कुल १६ लाख ३६ हजार ४९० कित्ताका लागि आवेदन दिइसकेका छन्। कम्पनीको आईपीओेमा ४२ करोड ५ लाख रुपैयाँ संकलन भइसकेको छ। यो कम्पनीको आईपीओेमा साउन १० गतेसम्म आवेदन दिन सकिनेछ।
यसका साथै सिटिजन लाइफको आईपीओेमा पनि हालसम्म १९ हजार २१ जना आवेदकबाट १३ लाख ३६ हजार ३५० कित्ताका लागि आवेदन परिसकेको छ। कम्पनीले ११ लाख २५ हजार कित्ता आईपीओे निष्कासन गरेकोमा हालसम्म ३२ करोड ६० लाख रुपैयाँमाथिको आवेदन परेको हो। कम्पनीको आईपीओेमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ।
त्यस्तै सन नेपाल लाइफको आईपीओेमा १७ हजार ३८२ जनाले ११ लाख १३ हजार २९० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीको आईपीओेमा २६ करोड ६० लाख रुपैयाँ भन्दा बढी संकलन भइसकेको छ। कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि ९ लाख ६० हजार कित्ता आईपीओे निष्काशन गरेको हो। कम्पनीको आईपीओेमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ।
यी तीनवटै कम्पनीको आईपीओेमा सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago