काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १३ करोड ३५ लाख नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा १० करोड ३० लाख रुपैयाँ रहेको थियो । यो हिसाबले कम्पनीले खूद नाफातर्फ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतको वृद्धि हासिल गरेको देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीले बिमा शुल्कतर्फ १ अर्ब १३ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष उसले १ अर्ब बिमाशुल्कतर्फ आम्दानी गरेको थियो ।

अघिल्लो वर्ष ९ करोड ४२ लाखमा सीमित पुनर्बिमा कमिसनबाट हुने आय बढाएर यो वर्ष १२ करोड ४८ लाखको उचाईमा पुर्याएको छ ।

यस्तै, ३ करोड १६ लाखमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढाएर ५ करोड २३ लाख पुर्याएको छ ।

यो अवधिमा कम्पनीले २९ करोड ८७ लाख बढीको दाबी भुक्तानी गरेको छ । 

समीक्षा अवधिमा प्रिमियर इन्स्योरेन्सको चुक्तापूँजी ५८ करोड ४० लाख रहेको छ भने जगेडाकोषमा ७० करोड ४५ लाख, बिमा कोषमा ४३ करोड ४२ लाख र महाविपत्ति जगेडामा ३ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको जगेडाकोषमा ८ करोड ५६ लाख रुपैयाँ मात्र रहेको थियो । यो हिसाबले कम्पनीले जगेडाकोषको आकार ७२२.४१ प्रतिशतले बढाएको छ । 

यो अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३०.४९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३०१.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.२३ गुणा कायम भएको छ ।