काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक सेयर यही भदौ २८ गतेदेखि लिलामीमार्फत बेच्ने भएको छ।
प्रिमियर इन्स्योरेन्सले सीआईटीमा रहेको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। लिलामीमा राखिएको सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आउँदो असोज ४ गते (बैंकिङ समय) सम्म बोलपत्र पेस गर्नुपर्नेछ।
लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम २ हजार ३०० रुपैयाँ तोकिएको छ। आवेदकले न्यूनतम सोही मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने गरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको नक्सालस्थित सेन्ट्रल प्लाजामा रहेको कार्यालय वा प्रिमियर इन्स्योरेन्सको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा बुझाउन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago