काठमाण्डौ। प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी को संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ।

प्रिमियर इन्स्योरेन्सले गत भदौ २८ गतेदेखि सीआईटीमा रहेको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो। लिलामीमा राखिएको सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आज (असोज ४ गते) बैंकिङ समयभित्र बोलपत्र पेस गनुपर्नेछ। 

लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम २ हजार ३०० रुपैयाँ तोकिएको छ। आवेदकले न्यूनतम सोही मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने गरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। 

बोलपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको नक्सालस्थित सेन्ट्रल प्लाजामा रहेको कार्यालय वा प्रिमियर इन्स्योरेन्सको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा बुझाउन सकिनेछ।