काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को ५० हजार कित्ता संस्थापक सेयर आज शुक्रबारदेखि लिलामीमा राखेको छ। 

लिलामीमा राखिएको सेयरमा इच्ँछुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले बोलपत्र पेस गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताहरु न्यूनतम मूल्य वा साभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र बढीमा सबै कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। बोलपत्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल र प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ।

बोलपत्र कात्तिक १४ गतेसम्म पेस गर्न सकिने छ।