काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको ४९ लाख ५ हजार ६०० कित्ता बोनस सेयर धितोपत्र बजारमा सोमबार सूचीकृत भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ का लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ८४ प्रतिशतले हुन आउने बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ८४ प्रतिशत अर्थात ४९ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गरेको थियो । बोनसमा लाग्ने कर भने कम्पनीले सेयरधनीहरुलाई तिराउन लगाएको थियो ।

बोनस वितरणपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँभन्दा माथि पुगेको छ । कम्पनीको आइतबार प्रतिकित्ता अन्तिम सेयर मूल्य ४४३ रुपैयाँ रहेको छ ।