काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले कारोबार रोकिएको करिब साढे ४ घण्टापछि अनलाइन प्रणालीको समस्याको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आइतबार १२ः४६ देखि कारोबार हुन नसकेको उल्लेख गर्दै अनलाइन कारोबार प्रणाली निर्माता कम्पनी वाइको प्रालिको प्रोटोकल लेयरमा समस्या आएकोले कारोबार हुन नसकेको दाबी गर्दै विज्ञप्ति जारी गरेका हुन् ।
उनले यो समस्याको समाधान गरी कारोबार सुरु गर्न समय लाग्ने देखिएको उल्लेख गर्दै आज(आइतबार)को बाँकी समयका लागि निर्धारित कारोबार स्थगित भएको प्रष्ट्याएका छन् ।
यो विषयमा नियामक धितोपत्र बोर्डमा पनि जानकारी पठाइसकिएको उनको भनाई छ ।
नेप्सेले कारोबार अवरुद्ध हुँदा लगानीकर्तामा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
नेप्सेले आइतबार १२ः४६ सम्म भएका कारोबारहरुको नियमित राफसाफ र फछ्र्यौट हुने समेत प्रष्ट पारेको छ ।
झूठमाथि झूठ
यसअघि बिजशालासँग कुरा गर्दै नेप्सेका कामु प्रबन्धक निराजन फूँयालले अनलाइन प्रणालीमा आएको समस्या समाधान भइसकेको दाबी गरेका थिए ।
तर, प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भने समस्या समाधानका लागि समय लाग्ने भनिएको छ ।
सर्वसाधारण लगानीकर्ताहरुलाई सुसूचित गराउने कार्यमा अहोरात्र खटिएका मिडियाहरुसँग नेप्सेका कर्मचारीहरुले झूठो कुरा बोलेर आफ्नो कमजोरी लुकाउन खोजेका देखिएको छ । समाधान नै नभइसकेको विषयलाई समाधान भइसकेको भनेर प्रचार प्रसार गराउन खोज्नुले नेप्सेको नियतमै खोट देखाएको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago