काठमाण्डौ । सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन्। उनले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने पनि बताए। 

यस्तै अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने भन्दै अर्थमन्त्री महतले आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको बताए।