Market Correction
काठमाण्डौ । लगातार बढेको बजारमा प्रोफिट बुक गर्ने हतारोका कारण सोमबार केही समयसम्म नागबेली चालमा कुदेको बजारमा त्यसपछि उच्च बिक्री चाप देखिएका कारण दोहोरो अंकले बजार करेक्सन भएको छ ।
विगत ९ दिनदेखि लगातार बढेर उचाई प्राप्त गरेको बजारमा सर्टटर्म कारोबारीहरु हाबी भएका देखिएको छ । केही ठूला लगानीकर्ताले समेत सर्टटर्म कारोबारीले झै थोरै भए पनि प्रोफिट बुक गर्ने रणनीतिले सेयर बिक्री गर्दा नेप्से परिसूचक २७.६४ अंकले घटेर १४१०.८५ विन्दूमा समेटिन पुगेको हो ।
नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन भए पनि कारोबार रकमले भने यो वर्षकै नयाँ रेकर्ड कायम गरेको छ । यो दिन १ अर्ब ५१ करोड बढीको सेयर किनबेच भएको हो । योसँगै विगत ४ दिनदेखि लगातार कारोबार रकम लगातार १ अर्ब माथि पुगेको देखिएको छ ।
निकै लामो समयपछि बजारमा १७० कम्पनीले कारोबार गरेर अर्को रेकर्ड समेत कायम भएको छ ।
तीव्र बजार करेक्सन भएको यो दिन होटल र जलविद्युत समूहको सूचक सबैभन्दा धेरै घट्यो । होटल समूह ३.६७ प्रतिशतले घट्यो भने जलविद्युत समूहमा ३.०४ प्रतिशतको गिरावट देखियो ।
यस्तै, बैंकिङ समूह २५.१६ अंक, विकास बैंक समूह ३१.५४ अंक, बिमा समूह ८८.४४ अंक, बित्त समूह ९.५९ अंकले घटे । यसैगरी, व्यापार समूह ५.९९ अंक, उत्पादनमूलक २९.०८ अंक, माइक्रोफाइनान्स समूह ३०.७८ र अन्य समूह १६.७७ अंकले घटे ।
यो दिन ‘क’ वर्गका कम्पनीमा उच्च बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ६.०७ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स २.१४ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७० कम्पनीका ३१ लाख १४ हजार ६ सय १८ कित्ता सेयर १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८ सय १५ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी नेपाल बैंक लिमीटेडले ९ करोड ५९ लाख बढीको कारोबार गर्यो । यसैगरी, राष्ट्रिय बिमा कम्पनी लिमीटेडको संस्थापक र सर्वसाधारण समूहतर्फको सेयर गरी कुल ९ करोड २१ लाखको हाराहारीमा कारोबार भयो ।
फरवार्ड माइक्रोफाइनान्सले ३ करोड ९२ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ३ करोड ७६ लाख, सानिमा हाइड्रोले ३ करोड ७५ लाख, चिलिमे हाइड्रोले ३ करोड ७२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ७० लाख, सानिमा बैंकले ३ करोड ६७ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वदेशी लघुवित्त र मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।भार्गव विकास बैंकका लगानीकर्ताले ८ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए ।
यो दिन रादी जलविद्युत कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो । तारागाउँ रिजेन्सी होटल र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशत भन्दा बढीको दरले गुमाए ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago