- अर्जुन तिमिल्सिना 
काठमाण्डौ  । पूँजीबजारमा डिम्याट खाताको संख्या ६० लाख पुगेको छ । स्कुल कलेज पढ्ने विद्यार्थीदेखि घरायसी काम गर्ने गृहणीसम्मले डिम्याट खाता खोलेका छन् । सामान्यतः धेरै ले बुझने गरेको सेयर बजार भनेको पुँजीपती वर्गहरुको लागि हो भन्ने छ । सरकार तथा नियामकले पनि त्यसरी नै बुझ्ने गरेको छ ।

तर अहिले राजधानी र मोफसलका ब्रोकर हाउस चहार्ने हो भने अवस्था त्यस्तो छैन । आज राजधानीको एक ब्रोकर हाउसमा भेटिएका काठमान्डौ मोडल कलेजका विद्यार्थी क्रिस रिजालको को सेयर बजारको ज्ञान सुन्दा ब्रोकर हाउसमा धेरै लगानीकर्ता जिल्ल परे । कलेजबाट सेयर बजारको  अनुसन्धानको लागि आएको  बताउने रिजाल उमेरले भर्खर १६–१७ वर्षका ओठ निचोरे दुध आउने युवा नै हुन । तर उनको सेयर बजार र  प्राविधिक ज्ञान सुन्दा जो कोहिलाई चकित पार्ने खालको थियो ।

उनी भन्छन नेपालको सेयर बजारमा कारोबारीको लागि अबसर नै छैन । प्रडक्टको अभाव नै यसको मुख्य कारण हो । सेयर किनको तीन दिनमा खातामा आँउछ । म त फरेक्स ट्रेड पनि गर्छु । विशेषतः भारतको सेयर बजार पछ्याउने रिजालमा प्राविधिक रुपमा धेरै ज्ञान रहेको पाइयो । प्राविधिक रुपमा धेरै कारोबारीले प्रायोग गर्ने ‘फलिङ वेज प्याट्रन’को केस्रा केस्रा व्याख्या गर्न सक्ने रिजालको कारोबार गर्ने तरिका पनि निकै परिपक्व देखियो । उनले नेप्सेको ग्याप अप ओपनिङको विषयमा पनि राम्रै व्याख्या गर्न भ्याए ।

सामान्यतः पुँजीबजारमा लामो समय लागेको व्यक्ति भएता पनि प्राविधिक ज्ञान नभएकोले सेयर ट्रेडको यस्तो योजना जो कोही बताउन नसक्ने ब्रोकर हाउसमा नै भेटिएका अन्य लगानीकर्ताहरुले प्रतिक्रिया दिए । अन्य साथिहरुसंग बजार अनुसन्धानको लागि आएका रिजालले भने आफु लकडाउन अगाडी देखि सेयर बजारमा सक्रिय थिए । त्यो बेला आइपिओ भरेर बजार प्रबेश गरे । उनको बजार अनुसन्धानले महिलामा पुरुषको दाँजोमा सेयर बजारको कम ज्ञान देखियो ।

रिजालको विचारमा नेपालको बजार एकतर्फी भएकाले बजारमा लगानीकर्ता बन्दा बढी फाइदा छ । यहाँ बढ्दा मात्रै कमाउने हो । उनले सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान(एसआइपि)जस्तै भएको पनि उनले दावी गरे । रिजाल अहिले सेयर किनेर छोड्ने समय रहेको बताउछन् । हाल १८ सय देखि २२ सयसम्म  साइडबेज चलेको बजारले तत्काल २२ सय ब्रेक गरेर माथि नजाने उनले प्राविधिक रुपमा दाबी गरे ।

किनकी गएको साता एकै दिन १११ अंक बजार बढ्दा ग्याप अप ओपनिङ भएको छ । मेरो  विचारमा त्यो ग्पाप फिल गर्न बजार पुनः तल आँउछ । त्यहाँ बलियो सपोर्ट हुन्छ । त्यहाँ आए पछि मात्रै बजार फेरी माथि जान्छ । यो भनेको चेन्ज अफ क्यारेक्टरको ग्याप अप ओपनिङ हो । अर्थात धेरैले किन्न नपाएको ठाँउ हो । ‘हामीले यसलाई ग्याप अप ओपनिङ भनेर बुझने गरेका छौँ’, रिजालले भने ।