काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन्। 

नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरेका छन्। दास यसअघि कोकाकोलामा  आबद्ध थिए। उनले कोकालामा १२ वर्षभन्दा लामो समयसम्म एरिया सेल्स म्यानेजर, कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स म्यानेजर, टे«ड मार्केटिङ हेडलगायतको भूमिका निर्वाह गरेका थिए। 

फोनपेमा दासले बिजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसनलगायत बजार प्रवर्द्धनको कार्य सम्हाल्नेछन्। उनको आगमनसँगै कम्पनीले थप सफलता हासिल गर्ने अपेक्षा गरिएको छ। 

डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन्। बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन्।