काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साहले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन्। 

साहले आइतबार साढे १० बजेको मत परिणामअनुसार २ हजार २३८ मत प्राप्त गरेका छन्। जब कि निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १ हजार २१९ मतमात्र प्राप्त गरेका छन्।

मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १ हजार ८१ मत पाएकी छन्। 

हालसम्म काठमाण्डौ महानगरपालिकामा ५ हजार ९८३ मत गणना भएको छ।