काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफ्ना प्रतिद्वन्द्वीहरुलाई भारी मतान्तरणले पछि पार्दै अग्रता कायमै राखेका छन्। 

पछिल्लो मतपरिणामअनुसार बालेनले १६ हजार ५२ मत ल्याएका छन्। उनले आफ्ना निकटम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितलाई ७ हजार ७०७ मतान्तरले पछि पारेका छन्। स्थापित अहिलेसम्म ८ हजार ३४५ मतमात्र प्राप्त गरेका छन्। 

मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले स्थापितसँग मतान्तर खुम्चाउँदै लगे पनि बालेनभन्दा भने धेरै मतले पछि छिन्। उनले ७ हजार ५११ मत प्राप्त गरेकी छन्। 

त्यसो त स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेनले प्राप्त गरेको मतभन्दा कम हुन आउँछ। यी दुवैको मत जोड्दा जम्मा १५ हजार ८५६ मात्र हुन्छ। जब कि बालेन एक्लैले १६ हजार ५२ मत प्राप्त गरेका छन्। 

हालसम्म काठमाण्डौको वडा नं. १ र २ को मतगणना सकिइसकेको छ। अहिले ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गन्ने काम भइरहेको छ।