काठमाण्डौ । फर्निचर तथा फर्निसिङ एक्स्पो(फर्नेक्स २०१९) को सबै तयारी पूरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघकाअनुसार एक्स्पोको सबै तयारी पूरा भएको छ । 

संघका महासचिव तथा सूचनाअधिकारी ओम बस्नेतकाअनुसार यही बुधबार उपराष्ट्रपति नन्दकिशोर पु्नले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

‘उपराष्ट्रपति ज्यूले बुधबार दिउँसो १ बजे एक्स्पोको उद्घाटन गर्ने निश्चित भएको छ । सोहीअनुसार हामीले एक्स्पोको सबै तयारी पूरा गरेका छौं । विगत वर्षहरुमा जस्तै यस पटक पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता हुने हाम्रो अपेक्षा छ ।’–बस्नेतले भने । 

सातौं संस्करणको फर्नेक्स २०१९ राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना हुँदैछ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले एक्स्पोको सबै तयारी ्िररा भएको बताए । ‘विगत वर्षको तुलनामा अझै परिस्कृत रुपमा एक्स्पोको तयारी गरिएको छ । १ सय २० भन्दा बढी प्रदर्शकले एक्स्पोमा सहभागिता जनाउँदै छन् ।’ प्रधानले भने ।

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ ।

त्यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । 

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामाग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । 

यसैगरी, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने छन् ।