काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहका एक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता लिलामीमा राखेका छन्।
चैत २३ गतेबाट लिलामीमा राखिएको सेयरमा आउँदो वैशाख २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ। लिलामी सेयरमा विद्यमान संस्थापकहरु तथा अन्य जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।
लिलामीमा सेयरको न्यूनतम मूल्य प्रतिकित्रा २९५ रुपैयाँ कायम गरिएको छ। खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी रकम कबुल गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिन सक्नेछन्।
धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19