काठमाडौँ । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले जारी गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । संस्थाले कूल चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद जारी गरेको थियो । २२ लाख ८१ हजार ३ सय १३ कित्ता शेयर जारी गरेको कम्पनीका २२ लाख ५४ हजार १ सय ७९ कित्ता शेयरमात्र विक्री भएका छन् । हकप्रदमा विक्री नभएका २७ हजार १ सय ३४ कित्ता शेयर लिलामी विक्री गरिने भएको हो । 


बाँडफाँटमा आवेदन गरेजति शेयर प्राप्त नगरेका लगानीकर्ताको रकम वैशाख २५ बाट फिर्ता गरिने जानकारी माइक्रोफाइनान्स संस्थाले दिएको छ । 

हाल संस्थाको चुक्ता पूँजी ५६ करोड ७८ हजार रहेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो नौ महिना अर्थात् तेस्रो त्रैमासिक अवधिमा ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 
 

कम्पनीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रयोजनका लागि विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तोकिएको छ ।