market
काठमाण्डौ । केही दिनदेखि दैनिक रुपमा बजारमा छाएको निराशाको कालोबादल बुधबार फाँटेको छ । बजार परिसूचकमा ६.६५ अंकको बढोत्तरी भए पनि कारोबार रकम भने घटेको छ । दुुई समूह बाहेक अन्यको सूचकमा हरियो पोतियो ।
नेप्से परिसूचकसँगै कारोबार रकम समानान्तर ढंगले नबढ्दा आगामी दिनमा बजारमा बढोत्तरी हुने अवस्था नरहेको संकेत गर्ने विज्ञहरुको धारणा छ । यसको अर्थ बुधबारको बजारको बढोत्तरी धेरै दिनसम्म निरन्तर नरहनसक्छ भन्ने हो । यस्तो बेलामा लगानीकर्ताले निकै चनाखो भएर लगानी गर्नुुपर्ने हुन्छ । यस्तै, घट्दो बजारमा राम्रा कम्पनीको सेयर मूूल्य घटेकै बेला खरीद गर्नु उत्तम हुने विज्ञ बताउँछन् ।
बुधबार सबैभन्दा बढी विमा समूहको सूचक बढ्यो । यो समूह ५९.६६ अंकले बढ्यो । यस्तै वाणिज्य बैंक समूहमा पनि ७.८२ अंकको बढोत्तरी देखियो । विकास बैंक, जलविद्युुत, उत्पादनमूलक र अन्य समूह क्रमशः १.२४, १.७१, १५.३६ र ०.८७ अंकले उक्लिए ।
होटल समूहमा १३.१४ र बित्त समूहमा ०.६४ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
सोमबार(मंगलबार विदाका कारण बजार बन्द थियो) ५५ करोडको हाराहारीमा कारोबार भएको बजारमा बुधबार भने ४८ करोड ६१ लाखको मात्र सेयर किनबेच भयो । वाणिज्य बैंकहरुले २६ करोड ६० लाख बढीको कारोबार गरे भने बिमा कम्पनीले १० करोड ८७ लाख र विकास बैंकहरुले ७ करोडको हाराहारीमा कारोबार गरे ।
धेरै कारोबार गर्ने विकास बैंक समूहमा एभरेष्ट बैंकको ठूलो योगदान रह्यो । यो बैंकको मात्र ९ करोड ५९ लाखको सेयर कारोबार भयो । घोषित बोनस सेयरका लागि साधारणसभासँगै बुुक क्लोजको मिति तोकेका कारण सेयरधनीहरु यसतर्फ आकर्षित भएका हुन् ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ करोड ९१ लाख, सिद्धार्थ बैंकले २ करोड ९ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले १ करोड ६४ लाख, एनबी बैंकले १ करोड ४२ लाख, हाम्रो विकास बैंकले १ करोड ३५ लाख, माछापुुच्छे बैंकले १ करोड ३१ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, एक स्थान विकास बैंक र ३ स्थान बिमा कम्पनीले कब्जा गरे ।
धेरै कमाउने र गुुमाउने कम्पनी
बुधबार पनि सोमबारको झै हिमालयन डिस्टीलरीले पैसा छाप्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । नेशनल लाइफ इन्स्योरेन्स कर्पोरेसन र नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले वृद्धि भयो ।
केही दिनदेखिको ओरालो यात्रालाई निरन्तरता दिंदै अरुण फाइनान्स नै बुधबार पनि धेरै गुमाउने कम्पनीको सूचिको पहिलो नम्बरमा पर्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.२६ प्रतिशतले घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago