– अर्जुन तिमिल्सिना
काठमाण्डौ । लुम्बिनी विकास बैंक नेपालमा सञ्चालित राष्ट्रिस्तरका ८ वटा विकास बैंकमध्ये एक हो। काठमाण्डौको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर ८६ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
यो बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार सेयरपुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ। रिजर्भमा २ अर्ब ५ करोड रुपैयाँबराबर रहेको बैंकको रिटर्न अन अर्निङमा ४७ करोड ९२ लाख रुपैयाँ रहेको छ।
बैंकको ईपीएस २०.५७ रुपैयाँ, पीई रेसियो २० गुणा र प्रतिसेयर नेटवर्थ १७७.१९ रुपैयाँ रहेको छ। बैंकको चार वर्षको वार्षिक औसत लाभांश दर १५ प्रतिशत रहेको छ। बैंकले ३ वर्षपहिले आफ्ना सेयरधनीहरुका लागि १० प्रतिशत हकप्रद जारी गरेको थियो।
प्राविधिक पक्ष
इचिमोकुका आधारमा
इचिमोकुका आधारमा यो बैंकका मूल्यरेखाहरु क्लाउड पोजिसनभन्दा माथि–माथि छन्। आज हरियो लामो मारुबुजु क्यान्डल बनेको छ। बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काट्न थालेको छ तर क्रसओभर भने नभइसकेको अवस्था छ। २६ दिन पछाडी चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउडभन्दा माथि जान थालको छ।
दैनिक चार्टमा आज क्लाउड पोजिसन रातो रङबाट हरियो रङ भएको छ (हेर्नुहोस् हरियो एरो)। यस आधारमा यो बैंकको सेयर विस्तारै बुलिस बन्दै गएको देखिन्छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डका आधारमा पनि यो बैंक बुलिस नै देखिन्छ। दैनिक चार्टका आधारमा बैंकका मूल्यरेखाहरु सुपर ट्रेन्डभन्दा माथि नै छन् भने सुपर ट्रेन्डको रङ हरियो रहेको छ। यसले बैंकको सेयरमूल्य बुलिस नै रहेको देखिन्छ।
बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डको दैनिक चार्टका आधारमा यो बैंकको मूल्यरेखाले आज मध्य ब्यान्डभन्दा माथि बन्द भएको छ। यसले कम्पनीको सेयरले बुलिस यात्रा तय गर्दै गरेको बुझिन्छ।(हेर्नहोस् कालो एरो)
म्याक्डीमा बियारिस क्रसओभर भ्यालिड नै छ तर हिस्टोग्राम नेगेटिभ रहे पनि छोटा–छोटा हुँदै गएका छन्। आरएसआई ७२ को ओभर बट जोनबाट झरेर ४६ को तहसम्म आएको थियो। आज यस्तो विन्दु ५४ मा पुगेर बन्द भएको छ। यी सबै इन्डिकेटरले यो बैंकको सेयर मूल्य बढ्दो गतिमा रहेको देखिन्छ।
फियर एन्ड ग्रिड मिटर
फियर एन्ड ग्रिड मिटरले यो बैंकको सेयर न्युट्रल सेन्टिमेन्ट रहेको देखाएको छ। यसले सेयरमूल्यमा केही बढोत्तर आउन सक्ने देखिन्छ। यो बैंकको ५२ हप्ताको उच्च मूल्य ७३० रुपैयाँसम्म र न्यून ३०० रुपैयाँसम्म आएको थियो।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : ४००
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा बलियो रहेका लुम्बिनी विकास बैंकको प्राविधिक रुपमा पनि अप ट्रेन्डमा देखिन्छ। इचिमोकु तथा सुपर ट्रेन्डका आधारमा पनि बैंकको सेयरभाउमा खरिद चाप परेको देखिन्छ। आज बैंकको मूल्यरेखाले बोलिंगर ब्यान्डको मध्यरेखालाई ब्रेक गरेर माथि गएका कारण सेयरभाउले माथिल्लो ब्यान्डसम्म निरन्तरता पाउन सक्ने देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि भने सिफारिस होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19