काठमाण्डौं । फुकोट कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृतिको प्रक्रिया अघि बढेको छ ।
विद्युत उत्पादन कम्पनीले लिमिटेडले अध्ययन गरेको आयोजना ईआईए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाएको थियो। उक्त मन्त्रालयले स्वीकृति दिनुअघि बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए सात दिनभित्र रायसुझाव पेस गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।
४८० मेगावाट(मेवा) क्षमता भएको प्रस्तावित आयोजना कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाडाचक्र नगरपालिका भएर बग्ने कर्णालीमा नदीमा निर्माण हुनेछ ।
यो अर्धजलाशय प्रकृति आयोजना हो । आयोजनाका लागि चाहिने जग्गा लगभग अधिग्रहण भइसकेको छ। आयोजनाबाट आगामी पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा उक्त आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई जिम्मा दिने गरी सम्झौता गरिएको थियो। जसअन्तरगत एनएचपीसीको ५१ प्रतिशत र विद्युत् उत्पादन कम्पनी ४९ प्रतिशत सेयर स्वामित्व रहनेछ ।
विद्युत् आयोजना विकासका लागि द्धिपक्षीय सम्झौता (एमओयू) पनि भइसकेको छ । आयोजना निर्माणका लागि करिब ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । उक्त जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली भारत निर्यात हुनेछ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्न लागेको ४०० केभी प्रसारणलाइनमार्फत भारत लैजाने योजना छ । उक्त आयोजनाबाट नेपालले करिब १०५ मेगावाट बिजुली नि : शुल्क पाउनेछ । आयोजनाबाट हिउँदमा ७४४.७९ गिगावाट घण्टा र वर्षायाममा १ हजार ७०३.८ गिगावाट घण्टा उत्पादन हुन्छ ।
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago