काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकामा फेरि सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाल अघि लागेकी छन्। 

दाहाल आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीलाई झिनो मतान्तरले पछि पार्दै अघि लागेकी हुन्। 

हालसम्म भरतपुरमा १० हजार २०६ मत गणना भएको छ। जसमा दाहालले ३ हजार ५७८ मत पाएकी छन्। सवेदीले ३ हजार ५७५ मत ल्याएका छन्। यो हिसाबले दाहाल सुवेदीभन्दा ३ मतले अगाडि छिन्।

मत गणनाअनुसार स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले १ हजार ३६० मत ल्याएका छन्।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ४ हजार ४३ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरुङले २ हजार ८१६ मत ल्याएकी छन्।