काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज २३.८३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २१११.९९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.५३ अंकले बढेर ४०२.९२ को विन्दुमा पुगेको छ। कारोबार रकम ३ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको बढाइलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन्। ‘केही दिन बढेको बजारमा हिजो करेक्सन भएको थियो, आज लगानीकर्ताको मनोबल बढ्दा फेरि बजार उकालो लाग्यो’, उनले भने।
साउनमा बजारको बढाइले निरन्तरता पाउन सक्ने घिमिरे बताउँछन्। ‘बैंक तथा वित्तीय संस्थाहरुको चौथो त्रैमासको रिपोर्ट राम्रै आएका छन्’, उनले भने, ‘अब लाभांश सिजन पनि सुरु हुन्छ। अबमा अन्य कुनै दबाब नभएकोले सानातिनो करेक्सनका साथ बजार माथि नै जान्छ।’
सक्रिय लगानीकर्ता दामोदर गजुरेल लगानीकर्ताको मनोबल बढ्दै गएकोले बजार लयमा फर्किएको बताउँछन्। ‘मौद्रिक नीतिले बजारलाई सपोर्ट गरेको देखिन्छ’, उनले भने, ‘संस्थागत र पुराना लगानीकर्ता पनि बजार प्रवेश थालेका छन्। यी कारणले बजार बढ्नमा टेवा पुगिरहेको छ।’
बजार अब विस्तारै करेक्सन हुँदै २४००–२५०० को विन्दुसम्म पुग्न सक्ने गजुरेलको अनुमान छ।
आज नेप्से उपसमूह रहेका १३ वटामध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक ४.१३ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह २.९६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८६ प्रतिशत, विकास बैंक समूहमा १.४९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३७ प्रतिशत, अन्य समूहमा २.५ प्रतिशत, लघुवित्त समूहमा २.२७ प्रतिशत, जीवन बीमा समूहमा ०.३५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१५ प्रतिशत र लगानी समूहमा १.०२ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह ०.५८ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ७५ लाख ८ हजार १८८ कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक १७ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको १२ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ४८ लाख रुपैयाँ, युनिभर्सल पावरको ८ करोड ४१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ७४ लाख रुपैयाँ, अपी पावरको ७ करोड ४७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ४१ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ७ करोड ३८ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ७ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा नेष्डो समृद्ध लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन युनिभर्सल पावर र युनियन हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
आज एभरेष्ट बैंकको प्रिफ्रेन्स सेयरको मूल्य सबैभन्दा बढी २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago