bearish market
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा पहिरो गएको छ । नेप्से परिसूचक दोहोरो अंकले झरेको छ भने कारोबार रकम पनि घटेको छ ।
नेपाल राष्ट्रबैंकले दिएको देशको अर्थतन्त्रमा सुधारको रिपोर्टले बजारलाई आइतबार मात्र टिकायो । लगानीकर्तामा रहेको तीव्र विचलन रोकिएन र दोश्रो दिन नै बजारमा पहिरो गयो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत यसरी गिरावट आउनुुलाई विश्लेषकहरुले भविष्यमा बजार अझै तल झर्न सक्ने संकेतको रुपमा बुुझ्दछन् । यसको अर्थ हो बजारमा कुनै दिन सामान्य रिकभरि देखिए पनि बजार अझै घट्नसक्छ ।
नेप्से परिसूचक १६.४२ अंकले घटेर १५१४.९३ मा झरेको छ भने पूरा बजारमा सन्नाटा छाएको छ । सबै समूहको परिसूचकमा रातो पोतिएको छ ।
निराशाको कालो बादलले ढाकेको बजारमा वाणिज्य बैंक समूहमा १.२४ प्रतिशत(१८.१६ अंक)को पहिरो गयो । यस्तै, बिमा समूह १०३.४९ अंकले घट्यो भने जलविद्युत १८.७८, होटल १५.६९, विकास बैंक ७.०५, बित्त समूह ३.४७ र अन्य समूह ६.६५ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
सोमबार १ सय ३७ कम्पनीका कुल ५६ करोड रुपैयाँको सेयर कारोबार भयो । आइतबार ६२ करोड २० लाखको सेयर किनबेच भएको थियो ।
वाणिज्य बैंक समूहले सबैभन्दा धेरै ३६ करोड ३३ लाखको कारोबार गर्यो । बिमा समूहको कारोबार घटेर ८ करोड ३४ लाखमा सीमित भयो । विकास बैंक पनि ५ करोडको हाराहारीमा रोकिन पुुगे ।
कम्पनीगत हिसाबले एभरेष्ट बैंकले मात्र १६ करोड ४२ लाख बराबरको कारोबार गर्यो । बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले २ करोड १९ लाख, सिद्धार्थ बैंकले २ करोड ६लाख, नेपाल एसबीआई बैंकले १ करोड ८८ लाखको कारोबार गर्यो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थानमा वाणिज्य बैंकले कब्जा जमाए भने २ स्थानमा बिमा समूह सीमित भयो ।
धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा पहिरो जाँदा पनि एनबी इन्स्योरेन्सले भने पैसा छाप्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
घट्दो बजारमा सबैभन्दा धेरै पोखरा फाइनान्स र माछापुच्छे बैंकका लगानीकर्ताले गुमाए । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ५.६६ र ५.०२ प्रतिशतले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago