काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार फेरि बजारले नयाँ कीर्तिमान कायम गरेको छ।
आज नेप्से परिसूचकले अल टाइम हाईको रेकर्ड बनाएको हो। आज नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत आइतबार (जेठ २३ गते) नेप्से २९०६.९१ को विन्दु चुम्दै नयाँ रेकर्ड कायम गरेको थियो। जुन रेकर्ड आज ब्रेक भएको छ।
यसैगरी आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.४७ अंकले बढेर ५२८.११ को उचाइमा पुगेको छ। कारोबार रकम पनि १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार आजको बजार बढाइले लगानीकर्ताको आत्मबल उच्च रहेको देखिएको बताउँछन्। ‘उच्च प्रतिफलको आशाले विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ता झुम्मिएको देखिन्छ’, उनले भने।
अबको केही समयभित्रै बैंकिङ सेक्टरमा पनि चमक आउने रौनियारको दाबी छ। ‘बजारमा वास्तविक बुल आउनै बाँकी छ’, उनले भने, ‘बैंकिङ सेक्टर चम्किएपछि बजारमा सुपर बुल आउँछ।’
चौतर्फी रुपमा बजारको महौल सकारात्क रहेको उल्लेख गर्दै रौनियारले भने, ‘आज अर्थमन्त्री विष्णु पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बजारको विकास र विस्तारका लागि सकारात्मक कदम चाल्ने प्रतिबद्धता गर्नुभएको छ। यसले बजार बढ्न थप टेवा पुग्नेछ।’
सक्रिय लगानीकर्ता रोहन कार्की बजार थप मजबुत बन्दै गएको बताउँछन्। ‘बैंकिङ सेक्टर चलेपछि बजार थप उचाइमा पुग्छ’, उनले भने, ‘अहिले सस्तोमा किन्न खोज्दा बैंकको भाउ बढ्न नसकेको हो तर अन्ततः बैंक बढ्ने नै छ।’
अहिलेको अवस्थामा राम्रा र बलिया कम्पनीको सेयर उठाएर राखेको भविष्यमा राम्रै प्रतिफल प्राप्त हुने कार्कीको सुझाव छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ९.०४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ८.७१ अंकले बढेको आज बैंकिङ समूहमा १.०३ प्रतिशत, जलविद्युत समूहमा १.९९ प्रतिशत, जीवन बीमा समूहमा ३.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.१५ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.२५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.७८ प्रतिशत, अन्य समूहमा २ प्रतिशत र व्यापार समूहमा ०.४७ प्रतिशतको बढोत्तरी भएको छ।
आज लगानी समूह सर्वाधिक ०.८८ प्रतिशतले घटेको छ। होटेल तथा पर्यटन समूह ०.४६ प्रतिशतले घट्दा लघुवित्त समूहमा ०.४५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका ३ करोड ५७ लाख ४२४ कित्ता सेयर १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६४० रुपैयाँमा किनबेच भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। रसुवागढी हाइड्रोपावरको ४७ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन युनाइटेड मोदी हाइड्रोपावरको ३७ करोड ३९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३५ करोड ७८ लाख रुपैयाँ, निफ्राको ३३ करोड ३१ लाख रुपैयाँ, गरिमा विकास बैंकको २९ करोड ६५ लाख रुपैयाँ, एनसीसी बैंकको २९ करोड ३० लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको २८ करोड ६३ लाख रुपैयाँ, कुमारी बैंकको २८ करोड ६२ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको २५ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सेयरभाउ १० प्रतिशतले बढेका कम्पनीहरु
सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेका कम्पनीहरु
आज युनाइटेड मोदी हाइड्रोपावर र नेपाल इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
यो दिन मेरो माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी तीनै कम्पनीको सेयरमूल्यमा ३ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19