काठमाण्डौ । सीडीएससीको नियमअनुसार लगानीकर्ताले सेयर बेचेको भोलिपल्टसम्म ईडीआइएस नगरेमा २० प्रतिशतसम्म जरिवाना तिर्नुपर्छ। विभिन्न प्राविधिक कारणले गर्दा बेलाबखतमा सेयर बेचेपछि पनि सेयर ईडीआइएस गर्न नमिल्दा लगानीकर्ताहरु हैरान हुँदै आएका छन्।
गत मंगलबार सेयर बेचेका केही लगानीकर्ता ईडीआइएस गर्न नमिलेको बताउँछन्। लगानीकर्ता दिवस बस्याल भन्छन्, ‘गत मंगलबार साहस ऊर्जाको सेयर बेचेको थिएँ। तर, अहिलेसम्म होल्डिङमा देखाएको छैन।’
बजारका अर्का लगानीकर्ता सकुशल रेग्मीले मंगलबार नै बेचेको नेपाल बैंकको सेयर ईडीआइएस गर्न नमिलेको बताए। ईडीआइएस गर्न नमिलेपछि लगानीकर्ता अब के गर्ने ? के कारणले ईडीआइएस गर्न मिलेको छैन? भनेर अन्योलमा छन्।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने सीडीएससीमा त्यस्तो कुनै समस्या नभएको दाबी गर्छन्। केही सीमित लगानीकर्तामा मात्र ईडीआईएसमा समस्या आएको हुन् सक्ने न्यौपानेले बताए।
‘अहिले कम्पनीहरुले धमाधम लाभांश घोषणासँगै वार्षिक साधारणसभा आह्वान गरिरहेका छन्’, न्यौपाने भन्छन्, ‘बुक क्लोजमा भएका कम्पनीहरुको बुक क्लोजको भोलिपल्ट मात्र ईडीआइएस गर्न मिल्छ। त्यसैले समस्या आएको हुन् सक्छ।’
अहिले धेरै नयाँ लगानीकर्ता भएकाले ब्रोकरको सिस्टममा म्याचिङ नभएर पनि समस्या आएको हुन सक्ने न्यौपाने बताउँछन्। ‘डिम्याट अकाउन्ट नवीकरण नगरेर पनि ईडीआइएसमा समस्या आउने गरेको छ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago