काठमाण्डौ । फोटोनको हाइ रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ ।

हालै एक कार्यक्रममा आयोजना गर्दै उक्त भ्यान सार्वजनिक गरिएको हो ।  ५७ लाख रुपैयाँको मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुबिधा पनि प्रदान गरिने बताएको छ ।

यी ईभी भ्यानहरू यूरोपियन यूनियन डब्लूभीटिए प्रमाणित सवारी साधनहरू हुन् । जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ । 

फोटोन नेपालका सेल्स हेड नविन आचार्यका अनुसार फोटोनले गाडीको स्थायित्वका लागि ३ लाख किमी वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ ।

कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलो वाट पावरको क्याटल ब्याट्री रहेको छ ।