काठमाण्डौ।  फोन पे को अध्यक्षमा शशिन जोशी नियुक्त भएका छन ।

उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् 

यसअघि कम्पनीका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी सो पदमा नियुक्त भएका हुन् ।

यसअघि जोशी जावलाखेल ग्रूप अफ इन्डष्ट्रिजको ग्रूप कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनी पुर्व बैंकर पनि हुन् ।
 

फोन पे नेपालको ठूलो मोबाइल पेमेन्ट नेटवर्क हो । फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् । नेपालमा क्यूआर पेमेन्टको सुरुवात गर्ने पहिलो भुक्तानी सेवा प्रदायक फोन पे एफ्वान सफ्टको भगिनी संस्था हो ।