काठमाण्डौ । नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत पहिलो चरणको सो अभियान आगामी मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सम्पन्न गरिदै छ । सो अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको थियो ।
हालसम्म यस अभियान अन्तर्गत अपार जनसहभागिताका साथ माग बमोजिम फोरजी सिम वितरण गरिनुका साथै टुजी-थ्रीजीबाट फोरजीमा स्तरोन्नति समेत गरिएको छ । कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो ।
यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भएको छ । पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ ।
फोरजी सेवा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट ८द्धद्धद्ध३ डायल गर्नु पर्नेछ । यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले २ सय एमबी डाटा वोनस स्वरुप पाउनु हुनेछ । साथै फोरजी सेवा सुचारु गर्न सिम परिवर्तन गर्नुपर्ने भएमा सोही बमोजिम ग्राहकलाई अलर्ट म्यासेज आउँछ । कम्पनीले हाल फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago