काठमाण्डौ ।फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्राण्डका सवारीसाधनमा सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको छ । 

सो कार्यका लागि आयोजित कार्यक्रममा आयाम इन्टरकन्टिनेटल प्रालिका तर्फबाट कम्पनीका अध्यक्ष डा ध्रुव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ  र डीसीईओ रामहरी आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटल प्रालिको सिफारिस प्राएका ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । 

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रालिका देशभरि रहेका सम्पुर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु छन् ।
साथै फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दसैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक ल्याएको छ । 
कम्पनीका अनुसार ग्राहकले तिर्नुपर्ने ब्याजमा ५०% क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बीमा  फ्री लगायतका अफरहरु सार्वजनिक गरेकोे छ ।