काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ ।

कम्पनीले प्रकाशित गरेको एक सूचना अनुसार ५० प्रतिशत हकप्रदका लागि आगामी माघ ९ लाई बुक क्लोज मिति तोकिएको हो । 

यसको अर्थ माघ ८ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्नेहरु मात्र ५० प्रतिशत हकप्रद खरीदका लागि योग्य हुनेछन् ।

फ्रस्ट माइक्रोफाइनान्सले १०० रुपैयाँ अंकित दरका २२ करोड ८१ लखको २२ लाख ८१ ह्जार कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

हकप्रदको  निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । हाल यो कम्पनीको चुक्तापूँजी ४५ करोड ६२ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रदपछि चुक्तापुँजी बढेर ६८ करोड ४३ लाखको उचाईमा पुगेको छ ।

यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८५० रुपैयाँ रहेको छ ।