काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानको एउटा इञ्जिन फेल भएसँगै निकै ठूलो आगलागी भइरहेको छ । 

विमानस्थलबाट राति ९ः२१ बजे दुबईका लागि उडेको केहीबेरमै ठूलो आवाजसहित बिमानको एउटा इञ्जिन फेल भई आगलागी भएको हो । विमानलाई सुरक्षित ढंगले अवतरणको प्रयास भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थलस्थित अधिकारीहरुले जानकारी दिएका छन् । 

बिमानमा १६२ जना यात्रु छन् । अहिलेसम्म मानवीय क्षति भएको/नभएको बारे केही पनि खुलेको छैन । 

विमानस्थलस्थित स्रोतका अनुसार अहिले विमानस्थलमा एम्बूलेन्स र दमकलसहितका सुरक्षादस्ता तयारी अवस्थामा राखिएको छ ।