काठमाण्डौ । यहाँस्थित त्रिभुवन विमानस्थलबाट उडेलगत्तै एउटा इञ्जिनमा आगलागी भएको फ्लाइ दुबईको बिमान सुरक्षित ढंगले गन्तव्यतर्फ अगाडि बढिरहेको छ ।
हाल फ्लाई दुबईको एफडिबी-५७६ कलसाइन भएको बिमान भारतको नयाँदिल्ली पुग्न लागेको छ ।
फ्लाइट राडार २४ का अनुसार सो बिमान नयाँदिल्ली पुग्न लागेको छ । बिमान हालसम्म आफ्नै रुटबाट अगाडि बढिरहेको देखिएको छ ।
यसअघि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमान गन्तव्यतर्फ लागेको बताएका थिए ।
यसअघिउडेलगत्तै एउटा इञ्जिनमा आगो लागेर सो विमान सुरक्षित अवतरणको प्रयास भइरहेको विमानस्थलस्थित उड्डयन प्राधिकरणका कर्मचारीहरुले जानकारी गराएका थिए । सो बिमानमा ४९ जना नेपालीसहित १६९ यात्रु रहेका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19