काठमाण्डौ। बंगालको खाडीनजिकै बनिरहेको शक्तिशाली अंपुन नामक चक्रवातले मंगलबार नेपालको मौसममा पनि प्रभाव पार्ने देखिएको छ।
अंपुन चक्रवात अझ शक्तिशाली हुने क्रममा रहेको मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाद्वारा सोमबार बिहान जारी बुलेटिनमा उक्त चक्रवात अझ शक्तिशाली बन्दा २–३ दिनसम्म देशैभरि मौसम बदली भई केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। एक–दुई स्थानमा भारी हिमपातसमेत हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
भारतमा भने अबको केही घन्टामै आँधी र भारी वर्षा हुने सम्भावना छ। अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको भारतीय मौसम विभागले जनाएको छ। यो चक्रवात पश्चिम बंगाल र ओडिसाहुँदै उत्तरपूर्वतिर जाने जनाइएको छ।
चक्रवातबाट उत्पन्न हुने आँधी र भारी वर्षाबाट बच्न बंगाल र ओडिसा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
यो चक्रवातको प्रभाव भारतमा मे २१ सम्म रहने बताइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19