nepal stock exchange
काठमाण्डौ । पूँजीबजारमा दैनिकजसो पहिरो गइरहेको बिषयमा नेपाल स्टक एक्सचेञ्जले कारण पेश गर्दै घट्दो बजारमा नअत्तालिन र हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
४ प्रतिशत भन्दा बढीले बजार घटेपछि अत्तालिएका लगानीकर्ताहरुलाई आश्वस्त पार्ने उद्देश्यले विज्ञप्ति जारी गर्दै नेप्सेले बिमा समूह र लघुवित्त कम्पनीहरुको धितोपत्रको मूल्यमा आएको ह्रासले बजार घटाउन ठूलो भूमिका खेलेको दाबी गरेको छ ।
चुक्तापूँजी वृद्धिको नीति आइहाल्ने हल्लाले बिमा समूूहमा लगानीकर्ता कुनै बेला थुप्रिदा नेप्सेले १८ सय माथिको उचाई चुमेको थियो । बिमा र लघुवित्तकै मुख्य भूमिकाका कारण ऐतिहासिक उचाईमा पुुगेको नेप्से बिमाको पूँजीवृद्धिको अन्यौल र लघुवित्त संस्थालाई कस्ने केन्द्रीय बैंकको नीतिपछि सम्बद्ध कम्पनीमा पहिरो गई त्यसैको प्रभावले ओरालो लागिरहेको नेप्सेको आशय हो ।
वाणिज्य बैंक, विकास बैंक र बित्त समूूहको सेयर मूल्यमा पनि पछिल्लो समय गिरावट आइरहेकोले समग्र बजार ओरालो लागेको नेप्सेको भनाई छ ।
तर समग्र अर्थतन्त्रमा तरलताको अवस्था सन्तोषप्रद रहेको उल्लेख गर्दै नेप्सेले बित्तीय क्षेत्रको प्रभूूत्व रहेको सेयर बजारका लगानीकर्ता हतोत्साही हुनुपर्ने अवस्था नरहेको समेत प्रष्ट्याएको छ ।
सेयरमा लगानी गर्दा विवेकसम्मत ढंगले निर्णय गर्नुपर्नेमा नेप्सेले पुनः जोड दिएको छ । अनावश्यक हल्लाको पछाडि नलाग्न, कम्पनीको वर्तमान स्थिति, मौजुदा परिवेशमा कम्पनीको मुनाफा कमाउने क्षमता समेत विश्लेषण गर्नुपर्ने सुुझाव समेत दिइएको छ ।
नेप्सेले लगानीकर्तालाई लगानीको मन्त्र समेत दिएको छ । बजारमा सूचिकृत सेयर खरीद बिक्री गर्दा निम्न कुरामा ध्यान दिनुपर्ने भनिएको छ :
यस्तो छ नेप्सेले जारी गरेको तीन पृष्ठ लामो विज्ञप्ति :
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago