काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा गतिलो बाउन्स आएको छ।
बजार आज ५०.०४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २००२.७० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.२७ अंकले बढेर ३७९.५० को विन्दुमा पुगेको छ। कारोबार रकम साढे १ अर्ब रुपैयाँ बढीको भएको छ।
लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला वाणिज्य बैंकहरुको ब्याजदर घटाउने निर्णयले लगानीकर्ताको मनोबल बढ्दा बजार बढेको बताउँछन्। ‘ब्याजदर घटाएर वाणिज्य बैंकहरुले राष्ट्र बैंकलाई चुनौती पनि दिएका छन्’, उनले भने।
पहिले बजार राजनीतिक अन्यौलतालगायत विभिन्न कुराको हल्ला फैलाएर घटाइएको बास्तोलाको भनाइ छ। ‘आज राष्ट्रपतिको चुनाव हुँदै गर्दा छिट्टै सरकारले पनि पूर्णता पाउने कुराले पनि बजारमा सकारात्मक प्रभाव परेको छ’, उनले भने।
बजार जानकार प्रकाश रजौरे तल्लो विन्दुमा पुगेको बजार फर्केको बताउँछन्। ‘प्राविधिक हिसाबले हेर्दा पनि बजार न्यून विन्दु थियो’, उनले भने, ‘यसबीच ब्याजदर घटाउने निर्णयले बजारलाई माथि लैजान सहयोग गर्यो।’
यो बढोत्तरीले बजारले अब २२७० को प्रतिरोधलाई पनि ब्रेक गर्ने रजौरेको ठम्याइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ३.५९ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.४६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.८२ प्रतिशत, विकास बैंक समूहमा २.९७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.१७ प्रतिशत, लगानी समूहमा ३.२६ प्रतिशत, जीवन बीमा समूहमा ३.२२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५३ प्रतिशत, लघुवित्त समूहमा २.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.३१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.९० प्रतिशत, अन्य समूहमा २.२१ प्रतिशत र व्यापार समूहमा २.०७ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०३ रुपैयाँमा कारोबार भएको छ।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ७ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ४ करोड ७६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ५७ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ३ करोड ४० लाख रुपैयाँ, अपी पावरको ३ करोड ३८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड २ लाख रुपैयाँ, युनिभर्सल पावरको २ करोड ८८ लाख रुपैयाँ, सुपर मादी हाइड्रोपावरको २ करोड ५६ लाख रुपैयाँ र अपर तामाकोशीको २ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज शुभम पावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा करिब १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। नेपाल इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन सबैको लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago