काठमाण्डौ । सेयर बजार आज करिब १५ अंकले बढेर बन्द भएको छ। योसँगै बजार लगातार ३ दिन बढेको छ। भोलुममार्फत हेर्दा आज कारोबारको अन्तिम आवरमा करिब १ अर्ब ५५ करोड अर्थात ५० प्रतिशतले भोलुम बढेको छ। 

प्राविधिक रुपमा डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा ब्यान्डको तल्लो विन्दुमा छोएर बजारले माथिको यात्रा तय गरेको छ। तर, बजार मध्य ब्यान्ड भने ब्रेक गरेर माथि जान सकेको अवस्था भने छैन। २११५ भन्दा माथि भोलुमसहित टिकेर बन्द हुन्छ भने बजारले अप ट्रेन्ड नै लिएको मान्न सकिन्छ। 

म्याक्डीमार्फत बजारलाई हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। तर, हिस्टोग्राम फिक्का र छोटा–छोटा  हुँदै गएका छन्। 

डेली बेसमै बजारलाई आरएसआईमार्फत हेर्दा ३७ को तहबाट फर्केर हाल ४९ को तहमा बन्द भएको छ। आगामी कारोबारमा यसअघिको उच्च विन्दु ५० भन्दा माथि लागेमा बजारले अप ट्रेन्ड लिएको मान्न सकिन्छ। 

समग्रमा तीनवटै इन्डिकेटरबाट आजको बजारलाई हेर्दा भोलुम विस्तारै बढेको देखिन्छ। 

पिभट प्वइन्टमार्फत हेर्दा आज पिभट प्वइन्ट २०५६ भन्दा माथि बन्द भएको बजारले अबको पहिलो प्रतिरोध २१११ मा सामना गर्न सक्छ। यदि त्यहाँबाट पनि बढ्छ भने बजारले दोस्रो प्रतिरोध २१६० र तेस्रो प्रतिरोध २२१३ मा सामना गर्न सक्छ। 

त्यसैगरी घटेमा बजारले क्रमशः २०४०, २०१० र १९६० मा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।