-धर्म मलासी
काठमाण्डौ । ग्राउन्ड जिरोको लागि आज हामी राजधानीका केही ब्रोकर हाउसमा पुुगेका थियौ । 

ब्रोकरहाउस धाउने क्रममा सर्वप्रथम हामी शंकरदेव मार्गमा रहेको स्वर्णलक्ष्मी सेक्युुरिटिज प्रालिमा पुग्यौं । गत बिहीबार १३३३ को विन्दुमा बन्द भएको नेप्से हामी त्यहाँ पुग्दा निरन्तर ओरालो लागिरहेको थियो । आज बजार बढ्ने आशामा बसेका लगानीकर्ता बजारले ओरालो यात्रा समातेको देख्दा निराश र हतोत्साहित देखिन्थे । लगानीकर्ताका लागि छुुट्टाइएका अधिकांश कुर्सीहरु खाली थिए । फ्लोरमा चहलपहल कम देखिन्थ्यो । बजार घटिरहदा लगानीकर्ता भने आपसी गसिपमा मग्न भइरहेका देखिन्थे । 

‘बजार घटिरहेको छ, नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर किन्नुुस’ लगानीकर्ताको समूहबाट एक लगानीकर्ताले आफूसँगै बसेका सहपाठीलाई सुझाउँदै भनेको सुनियो । ‘यो बैंकले त डुुबाइसक्यो के किन्नुु यसको सेयर ? नकिनौ होला हो अहिले’निराशा भरिएको आवाजमा संगैका सहपाठी जवाफ फर्काए । ‘आफू त यसको मूल्य ३७० मा झर्यो भने उठाउने दाउ हेर्दैछु।’ अगाडि बोल्ने लगानीकर्ताले योजना सुनाएको सुनियो । सँगै रहेका लगानीकर्ताले यसको मूल्य ३५० सम्म पुुग्न सक्ने भएकाले किन्न हतार नगर्न सुुझाव दिइरहेका थिए । उनले आज ग्लोबल आइएमइको मूल्य बढ्ने लख काटेको पनि सुुनियो । उनको भनाइमा आफ्नो तर्क थप्दै अर्का लगानीकर्ताले एनसिसिको बढ्नुुपर्ने अनुुमान लगाए । ‘ग्लोबल बैंकले जनातासँग मर्ज हुुँदा पनि जम्मा एक अर्ब ११ करोड कमाएछ, इपिएस पनि सोचे जस्तो देखिएन, यो बैंकले पनि खासै प्रतिफल देला जस्तो छैन।बैंक मर्ज भएपछि स्मार्ट र ठूलो होला भनेको यसको वित्तीय अवस्था देख्दा भद्धा र भद्रगोल जस्तो पो देखियो ।’ छेउमै रहेका अर्का लगानीकर्ताले भने ग्लोबल आइएमई  बैंकको इपीएसलाई खराब भन्न नमिल्ने दाबी गरे । 

लगानीकर्ता बीच छलफल चलिरहदा डिस्प्ले स्क्रिनमा भने रातो रंगले एकछत्र राज गरिरहेको थियो । सबै कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आइरहेको थियो । नेपाली सेयर बजारका पण्डित विष्णु बस्यालले आज सानिमाको मात्रै मूल्य बढ्ने प्रक्षेपण गरेकाले अरु कम्पनीको खासै मूल्य नबढ्ने भन्ने दाबी गरेको पनि सुुनिन्थ्यो । त्यस्ता पण्डितका पछाडि नलाग्न र आफ्नो स्वविवेक र बजारको सही मूल्याङ्कन गरेर मात्रै लगानी गर्न सुझाव दिएको पनि सुनिन्थ्यो । लगानीकर्ता बीच वार्तालाप चलिरहेकै बेला हस्याङफस्याङ गर्दै एक लगानीकर्ता आए र प्रश्न गरे–‘कस–कसको मूल्य बढ्दै छ ?’ उत्तर आयो–‘कसको बढ्यो भन्नुु खै, यहाँ आफ बिहानूनौ बजेदेखि नै सेयर बेच्नुु पर्यो भनेर आएको यहाँ त पहिल्यै नै रातो पारदिसकेछन् । यस्तोमा घाटा खाएर त के बेचाइ होला र खै ?’

सेयरको मूल्यमा निरन्तर गिरावट आइरहँदा लगानीकर्ताले आफ्ना गन्थनको विषय पनि बदल्न थाले । अहिले सर्वत्र चर्चाको विषय बनेको वालुुवाटार जग्गाप्रकरणको चर्चा गरेको पनि सुुनियो । यस मामिलामा त्यहाँका लगानीकर्ताबीच ठूलै चर्काचर्की पनि परेको सुुनिन्थ्यो । उनीहरुले जग्गाप्रकरणसँगै वाइडबडी काण्डका दोषीलाई पनि कठघरामा उभ्याउनुपर्ने माग गरिरहेका थिए । 

स्वर्णलक्ष्मी सेक्युुरिटिजमा करिब आधा घण्टा समय व्यतित गरेर हामी नजिकै रहेको प्राइमो सेक्युरिटिज उक्लियौ । त्यहाँका लगानीकर्ताको पनि स्वर्णलक्ष्मीका लगानीकर्ता कै जस्तै मनोविज्ञान रहेको पाइयो । हामी त्यहाँ पुुग्दा पनि नेप्से इन्डेक्स घट्ने क्रमले निरन्तरता पाइरहेकै थियो । नेप्से इन्डेक्स घटेर १३२८ को विन्दुुमा झरेको थियो । ‘प्रभु बैंकलाई राष्ट्र बैंकले चिठी काट्ने तयारी गरेको छ रे, के यो साँचो हो ?’ एक लगानीकर्ताले उत्सुकताका साथ प्रश्न गरेका सुनियो । ‘पत्रिकामा आएको थियो र ?’ पछाडि रहेका लगानीकर्ताले प्रतिप्रश्न गरे । ‘होइन बजारबाट सुुनेको’ पहिला बोल्ने लगानीकर्ताले स्पष्टीकरण दिए । ‘कुुन चाहिलाई किन्नुु पर्यो होला अनि अफवाह फैलाएर सस्तोमा सेयर किन्ने प्रपञ्च गरेको होला नि ।’ अर्का लगानीकर्ताले मुख खोले । 
लगानीकर्ताको गन्थन सुुन्दै गर्दा डिस्प्ले स्क्रिनमा ११ अंकको गिरावट संगै नेप्से इन्डेक्स १३२२ को विन्दुुमा झरिसकेको थियो । 

यसै क्रममा तेस्रो गन्तव्यको रुपमा हामीले श्रिहरी सेक्युुरिटिजलाई चुुन्यौ । त्यहाँ करीब ५–६ जना लगानीकर्ताको समूह निराश मुद्रामा कुुर्सीमा टहलिरहेका थिए । माहौल बिल्कुल शान्त थियो । बजारको घट्दो अवस्था नियालिरहेका उनीहरुको मुुहार चमकविहिन थियो । डिस्प्ले स्क्रिनमा रातो रंगको दबदबा कायमै थियो । रातो रंगका बीच केही हरिया लाइन पनि पोतिएका थिए । ‘रातो रंगको बीचमा हरियो रंग देख्दा मरुभुुमिमा पानी देखिए जस्तै हुुँदो रहेछ।’ त्यहाँको शान्त वातावरणलाई चिर्दै अगाडिपटिको सिटमा बसेका लगानीकर्ताले बोले । उनले यसो भन्दा सबैले आफ्ना नजर डिस्प्ले स्क्रिनमा सोझ्याए । मिडियामा अहिले एनएमबीको राम्रो समाचार आइरहेको र यसले एनएमबीको मूल्यमा सकारात्मक प्रभाव पार्ने विषयमा केही लगानीकर्ताबीच संवाद भएको पनि सुुनियो । ज्यादै न्यून संख्यामा रहेका लगानीकर्ता बजार बढ्ने कुुनै संकेत नदेखेपछि विस्तारै त्यहाँबाट फर्किन थालेको देखियो । सबै लगानीकर्ता  नै उठिसकेको हुुनाले हामी पनि नयाँ गन्तव्य तर्फ लम्कियौं । 

प्रज्ञान सेक्युुरिटिजमा पुग्दा केही महिला र पुुरुष लगानीकर्ता आ–आफ्ना मोबाइलका स्क्रिनमा नजर गाडिरहेका थिए । कोही मोबाइलमा नेपाल आइडल हेरिरहेका देखिन्थे, कोही भने गेममा रमाइरहेका थिए । कोही फेसबुुक चलाउनमा मस्त थिए । बजारको जानकारी भन्दा बढी जोड उनीहरुले मनोरञ्जनमा दिइरहेको देखिन्थ्यो । सबैजना फुुर्सदिलाजस्तो देखिन्थे । फेसबुुकको गतिविधि नियालिरहेकी एक महिला लगानीकर्ताले सँगै रहेकी अर्की लगानीकर्तालाई मोबाइल देखाउँदै भन्दै थिइन्–‘हेनुुर्स त लघुुवित्तका लगानीकर्ता जति विदेश भ्रमणमा मस्त छन् हामी भने यहाँ बजार बढ्ने आशामा ब्रोकर हाउस धाउनुु परिराछ ।’केहीबेर हाँसो छायो । 

हामीले डिस्प्ले स्क्रिनमा नजर डुुलाउँदा सबैजसो कम्पनीको सेयर मूल्य घटिरहँदा हिमालयन डिस्टीलरीको भने बढिरहेको थियो । यस्तैमा एक लगानीकर्ताले भने–‘यो एचडिएल अरु घट्दा मात्रै बढ्दो रहेछ । अस्ति अस्ति पनि यस्तै भएको थियो, आज पनि त्यस्तै देखिदैछ ।’ ‘एचडिएलले अर्काे कम्पनी खोल्दै छ रे पूँजीका लागि आइपीओ ल्याउने भन्ने खबर आएको छ । तयार हुनुहोस् ।’ एक लगानीकर्ताले बीचबाट सूचना चुहाए । अरु यो सूचना सुनेर अक्क न बक्क परे । 

ग्राउन्ड जिरो कै सिलसिलामाहामी दक्षिणकाली इन्भेस्टमेन्ट एण्ड सेक्युुरिटिज प्रालि पुुग्यौं । त्यहाँ भने अन्य ब्रोकर हाउसभन्दा बढी नै भीडभाड थियो । डिस्प्ले स्क्रिनमा १० लाख कित्ता सेयरको ३६ करोडको रुपैयाँ कारोबार भएको देखिन्थ्यो । घटिरहेको बजार प्रति संकेत गर्दै त्यहाँका एक लगानीकर्ताले यो घट्ने क्रमले एक महिनासम्म निरन्तरता पाउने ठोकुवा गरिरहेका सुनियो । ‘आत्तिनुु पर्ने अवस्था छैन, यो करेक्सन मात्रै हो । जग बलियो बसाउन केही गहिराइ त नाप्नै पर्छ । बजार फेरि उकालो लाग्छ।’ ती लगानीकर्ताले छेउछाउका निराश अनुहारलाई राहात दिने हिसाबले बोले ।