काठमाण्डौ । नेपालमा रङ्ग उत्पादन गर्ने कम्पनीहरुमध्ये एक ठूलो रङ्ग उत्पादक बर्जरले नेपालमा वेदरकोट एन्टि डस्ट पेन्टको उत्पादन एवम् बिक्री वितरण शुरु गरेको छ ।

नेपालमा द्रुततर गतिमा अघि बढिरहेका निर्माण कार्यहरु, सवारी साधनहरुले पारिरहेको प्रदुषण, सडकमा र यत्रतत्र उडिरहेको धुलो नेपालको हरेक क्षेत्रमा एक जल्दोबल्दो समस्या बनिरहेको छ । यसप्रकारले हावामा उडिरहेको धुलो बाहिरी भित्ताहरुमा टाँसिएर ती भित्ताहरुलाई पुरानो र फोहोर बनाइदिन्छ, साथै यसरी जमेर बसेका धुलोले रङ्ग र बाहिरी भित्ताहरुको आयु घटाउँछ ।

बर्जर पेन्ट्स नेपालले पहिलोपटक डस्ट गार्ड टेक्नोलोजीसहितका एन्टि डस्ट पेन्ट प्रस्तुत गरेको छ । वेदरकोट एन्टि डस्ट पेन्टले तपाईंको घरको बाहिरी भित्ताहरुमा धुलो टिक्न  दिंदैन र धुलोबाट छुट्कारा दिलाउँछ जस्ले गर्दो घर हरेक दिन नयाँ र चम्किलो देखिन्छ ।

यस उत्पादनको पेन्टको बिक्री शुभारम्भका अवसरमा कम्पनीका प्रतिनिधिले भन्नु भयो ̎हामी सदैव हाम्रो गुणस्तर, इनोभेसन र ग्राहकको सन्तुष्टिका लागि कटिबद्ध रहने गर्दछौं । हामीले औद्योगिक क्षेत्रमा उच्चदरको वृद्धिका साथ अभूतपूर्व सफलता हात पार्नुको एक कारण यही नै हो । एक कम्पनीको रुपमा हामी अझ बढी अत्याधुनिक इनोभेटिव उत्पादनहरुको विकास गर्ने चुनौतीहरुलाई पार गर्न प्रतिबद्ध छौं ।  उत्पादनहरुको गुणस्तरमा निरन्तर सुधार ल्याउन र ग्राहकको बदलिदो चाहानाहरुलाई  अधिकतम सन्तुष्टि प्रदान गर्दै आइरहेका छौ । हामी नेपालमा बर्जर वेदरकोट एन्टि डस्ट जस्तो उत्पादन प्रस्तुत गर्न पाएकोमा गौरवान्वीत एवं हर्षित भएका छौं ।