काठमाण्डौ । साताको पहिलो दिन धितोपत्र दोस्रो बजारमा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ। 

टप १० टर्नओभरमा नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सबैभन्दा धेरै कारोबार भएको हो। कम्पनीको संस्थापक समूहको सेयर आज एकैदिन ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँको कारोबार भएको छ। 

नेप्सेमा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर कुल २८ लाख ७२ हजार ९३ कित्ता सेयर सूचीकृत रहेको छ। सोमध्ये आज एकैदिन साढे १९ लाख कित्ता सेयर खरिदबिक्री भएको देखिएको हो।