काठमाण्डौ । साताको तेश्रो कारोबार दिन मंगलबार पनि बजारमा पहिरो गएको छ । एभरेष्ट बैंकले कारोबार बढाए पनि समग्रमा कारोबारमा समेत खासै प्रगति देखिएन । 

निरन्तर घटिरहेको नेप्से परिसूचक १५ सयभन्दा पनि तल ओर्लिएको हो । बजारका कतिपय विश्लेषकहरुले नेप्से परिसूचक घटेर १२ सयको स्तरमा पुुग्ने बताइरहँदा र बजार समेत निरन्तर घटिरहँदा लगानीकर्ताहरुमा त्रास उत्पन्न भएको छ । घट्दो बजारमा लगानीकर्ताको मनोबल गिरेका कारण समेत बजार निरन्त ओरालो लागिरहेको छ । परिसूचकसँगै कारोबार रकम(एभरेष्टलाई छाडेर)मा औसत प्रगति नहुनुले बजार अझै घट्नसक्ने विश्लेषण गरिएको छ । 

मंगलबार एभरेष्ट बैंकले मात्र २९ करोड बढीको कारोबार गर्यो । योसहित जोड्दा कुल कारोबार ६८ करोड ३९ लाखको भयो । 

नेप्से परिसूचकमा मंगलबार १८.८९ अंकको गिरावट देखिएर १४९५.९९ स्तरमा आइपुुगेको छ । 

अन्य समूहमा झिनो बढोत्तरी भए पनि बाँकी सबै समूहको परिसूचकमा पहिरो गएको छ । सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक घटेको छ । यो समूह ५२.३३ अंक(२.८६) प्रतिशतले घटेको छ । यस्तै, वाणिज्य बैंक १९.६१, विकास बैंक १४.८८, बित्त समूह ८.६१, होटल समूह २०.१२, उत्पादनमूलक ३०.१ र बिमा समूह १११.३५ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
एभरेष्ट बैंककै कारण वाणिज्य बैंक समूहले  ४८ करोड ४५ लाखको कारोबार गर्यो । विकास बैंकहरुले ६ करोड ८८ लाखको कारोबार गर्दा बिमाहरुको कारोबार ६ करोड ३१ लाखमा सीमित भयो ।

कम्पनीगत हिसाबले बम्पर सेयरको बुुक क्लोजको मिति नजिकिएका कारण एभरेष्ट बैंकले सबैभन्दा बढी २९ करोड १७ लाखको कारोबार गर्यो । सिद्धार्थ बैंकले २ करोड २३ लाख, चिलिमे हाइडोको २ करोड १४ लाख, हिमालयन बैंकले २ करोडको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थानमा वाणिज्य बैंक र एक स्थानमा जलविद्युत समूहको कब्जा रह्यो । 

धेरै कमाउने र गुुमाउने कम्पनी
बियरिस ट्रेण्डको मार्केटमा
नागबेली लघुवित्त विकास बैंकले कुस्त कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै एनबी इन्स्योरेन्सको सेयर मूल्यमा ५.५० प्रतिशत वृद्धि भयो । सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको सेयर मूल्य घटेको छ। यो कम्पनीको सेयर मूल्य ५ प्रतिशत बढीले घट्यो । 

*यसअघिको समाचारमा नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

-सम्पादक