काठमाण्डौ । दोश्रो त्रैमासको बैंकको ब्याज र करको दवाब सेयर बजारमा जारी नै रहेको छ । यो प्रभाव अझै केही दिन रहने विश्लेषकहरु बताउँछन्।
एकातिर ब्याज र करको दवाब छ भने अर्कोतर्फ व्यक्तिगत ओभरडाफ्ट कर्जाको सीमा घटाउने दवाबले समेत बजार घटाउन काम गरेको छ ।
बैंकले प्रवाह गर्ने ऋणको ब्याजदरमा तत्काल सुधारको अवस्था नदेखिँदा र दोश्रो त्रैमासको कर तिर्न बैंक तथा बित्तीय संस्थाबाट करिब ८० अर्ब बाहिरिने भएपछि फेरि तरलता अभाव भई ब्याजदर प्रभावित हुनसक्ने आँकलनसहित धेरै लगानीकर्ताले पर्ख र हेरको रणनीति लिएका छन् ।
बाठा लगानीकर्ताले पुस मसान्तसम्म सेयर नकिन्ने र होल्ड मात्रै गरेर बस्ने रणनीति लिएका समेत देखिएको छ ।
यिनै कारणले सरकारले कार्यदल नै बनाएर बजार सुधारका लागि गरेका प्रयास समेत यतिबेला फिक्का बनेका छन् ।
दोश्रो त्रैमासको ब्याज र कर लगायतका कारण सोमबार बढेको बजार मंगलबार चाहि ०.४ अंकले घट्यो ।
यो दिन विकास बैंक समूह १.६१ अंकले बढ्यो भने उत्पादनमूलक समूह ५.०७ अंक, माइक्रोफाइनान्स ५.४२ अंक र अन्य समूह १.०२ अंकले बढे ।
यस्तै, बैंकिङ समूह ०.०९ अंकले घट्यो भने होटल समूह ११.९६, जलविद्युत समूह २.१, बित्त समूह ०.८३, निर्जीवन बिमा समूह ३८.१३ र जीवन बिमा समूह ११.९२ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ११ लाख ९ हजार २० कित्ता सेयर ३४ करोड २७ लाख ८६ हजार ५ सय ९६ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी नेपाल बैंकले ८ करोड ८६ लाख बढीको कारोबार गरेको छ।
यस्तै, बैंक अफ काठमाण्डू लिमीटेडले १ करोड ३२ लाख, एनसीसी बैंकले १ करोड २१ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड १९ लाख, एनआइसी एशिया बैंकले १ करोड, डिप्रोक्स लघुवित्तले ९६ लाख, प्रभू बैंकले ९५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८२ लाख, सानिमा बैंकले ६६ लाख र एनएमबी बैंकले ६५ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19