काठमाण्डौ । बजार घटेर न्यून विन्दूमा पुगेको मौकामा लगानीकर्ताहरुले खरिदारीलाई बढाउँदा मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । एक दिन सार्वजनिक विदापछि बजारमा फर्किएका लगानीकर्ताहरुले सेयर उठाउन थालेका देखिएको छ, यो बजारको भविष्यका लागि राम्रो संकेत हो।
बजार विश्लेषकहरुले निकै लामो बियरिस ट्रेण्ड अन्त हुने संकेत प्राप्त भएको प्रक्षेपण गरिरहेका छन्। यसले समेत बजारमा सकारात्मक प्रभाव पारेको देखिएको छ ।
केही राम्रा कम्पनीले घोषणा गरेको आकर्षक लाभांश, तथा केही कम्पनीको हकप्रदका लागि आह्वान गरिएको बुक क्लोज लगायतका कारणले समेत मंगलबारको कारोबार प्रभावित भएको देखिएको छ ।
यो दिने नेप्से परिसूचक २.०६ अंकले बढेर ११०२.६४ विन्दूमा पुगेको छ ।
यो दिन सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले बढ्यो भने फ्लोट इण्डेक्समा ०.१६ अंकको बढोत्तरी भएको छ ।
व्यापार र अन्य समूह बाहेकका सूचक बढेका छन् । व्यापार समूह २.७ अंकले घटेको यो दिन अन्य समूहले भने ३.१५ गुमाएको छ ।
यो दिन बैंकिङ समूह २.०४ अंक, होटल समूह ४.४१ अंक, विकास बैंक समूह १.१५ अंकले बढे । यस्तै, जलविद्युत समूह ४.९८ अंक, बित्त समूह ३.०५ अंक, निर्जीवन बिमा समूह ३.०१ अंक, उत्पादनमूलक २८.६१ अंक, जीवन बिमा समूह १२.१४ अंक र माइक्रोफाइनान्स समूह ५.२८ अंकले बढे।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७४ कम्पनीका ७ लाख ३३ हजार ४२२ कित्ता सेयर २२ करोड ५२ लाख ३१ हजार ४४३ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सले २ करोड २६ लाख बढीको कारोबार गरेको छ । हकप्रद प्रयोजनका लागि भोलि बुक क्लोज मिति घोषणा गरेका कारण यो कम्पनीको सेयर खरीदबिक्री बढेको हो ।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८७ लाख बढीको कारोबार गर्यो । आकर्षक लाभांश घोषणाको प्रभाव यो कम्पनीको सेयर कारोबारमा परेको देखिएको छ ।
एनआइसी एशियाले १ करोड २० लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले ७८ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ७७ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन अपर तामाकोशीले ७७ लाख, नेपाल बैंकले ६७ लाख, एनसीसी बैंकले ६४ लाख, शिखर इन्स्योरेन्सले ५८ लाख र प्राइम कमर्सियल बैंकले ५० लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सूर्योदय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ६.४४ प्रतिशतले बढ्यो ।
सिन्धु विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago